काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान)ले गामी असोज ८ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने नेपाल टी–ट्वान्टी लिग खेल्ने छ टोलीको नाम सार्वजनिक गरेको छ। ६ टोलीको नाम क्यानको मङ्गलबार बसेको बोर्ड बैठकले निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए। उनका अनुसार टी–ट्वान्टी लिगमा काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न रहेका छन्।