चितवन, असार ३२- विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात जना कर्मचारीलाई पत्रकार कुटेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ समाचार संकलनका लागि वितरण केन्द्रमा पुगेका पत्रकार कृष्ण आचार्यलाई कर्मचारीले हातपात गरेका थिए।
कुटपिटमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिन माग गर्दै पत्रकारहरूले शुक्रबार राति प्रहरी कार्यालयमा धर्ना दिएका थिए ।