काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षका लागि १० जना दरखास्त स्वीकृत भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका १० उम्मेदवारको औपचारिक सूची सार्वजनिक गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको सुचनामा अरुण कुमार प्रधान, भुवन केसी, दिपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित, सुष्मा कार्की सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, र सुशीलकुमार पोखरेल रहेका छन्।