२ साउन, काठमाडौं । इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्सले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बताएका छन् ।
सन् २०११ मा आयरल्याण्डविरुद्दको खेलमा एकदिवसीय डेब्यू गरेका स्टोक्सले १०४ एकदिवशीय अन्तर्राष्ट्रियमा ब्याटिङतर्फ ३ सतकसहित २ हजार ९१९ रन तथा बलिङतर्फ ७४ विकेट लिएका छन् ।