३ साउन, काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दै ६० औं इन्जिनियर दिवस मनाउदै छ ।
नेपाल इन्जिनियर्स एसोसिएसनका केन्द्रीय सदस्य अनुपम पराजुलीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा हुने कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, युथ प्रोफेसनल अवार्ड, इन्टरप्रेनरसिप अवार्ड, शहीद नवराज विष्ट मेमोरियल अवार्ड, इन्जिनियरर्स एपि्रसियसन अवार्ड, महिला इन्जिनियर अवार्ड र बेस्ट इन्नोभेसन अवार्ड वितरण गरिने छ ।