३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् ।
पछिल्लो समय राष्ट्रिय टिमको प्रदर्शन निरन्तर खस्किँदै गएपछि पुबुदुले पद छाड्ने घोषणा आँकलन गरिएको थियो । उनले एक साताअघि नै मेलमार्फत क्यानलाई राजीनामा पत्र बुझाएका थिए ।