५ साउन, काठमाडौं । मेलम्चीमा फेरि बाढी आएको छ। गत वर्षको बाढीले क्षतविक्षत बनेको मेलम्ची बजारमा फेरी बाढी आएको हो। साथै गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची-हेलम्बु सडकखण्डका ठाउँ-ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।
गएराति भारी वर्षा भएपछी मेलम्ची खोलाको जल सतह बढेको छ। जलसतह बढेपछि बाढी तथा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।