काठमाडौं– काठमाडौं जोरपाटीमा रहेकोको सर्वनाम शिक्षालयका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको होस्टल वार्डेनलाई रामेछापबाट प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–६ बाहुनधारास्थित सर्बनाम शिक्षालयमा कक्षा १० मा अध्यनरत १५ वर्षीया किशोरी, कक्षा ७ मा पढ्ने १२ वर्षीया र कक्षा ८ मा अध्यनरत १३ वर्षीया बालिकालाई दुर्व्यवहार गरेको अभियोगमा सोधपुछ तथा थप अनुसन्धानका लागि सर्वनाम शिक्षालयकाका प्रिन्सिपललाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। वार्डेनले होस्टलमा बस्ने बालिकाको संवेदनशील अंगहरु छुने, अश्लील प्रकारका भिडियोहरु देखाउने गरेको आरोप लागेको छ। होस्टल पुगेर घटनाबारे जानकारी लिन खोज्दा प्रिन्सीपल दुर्गानाथ शिवाकोटीले असहयोग र दुव्र्यवहार गरेको भन्दै अभिभावक आक्रोशित भएका थिए।