काठमाडौं– यस अगि राजीनामा दिएका जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले उनलार्ई फेरि अर्थमन्त्री नियुक्त गरेकी छन् ।
बजेट बनाउदा अनाधिकृत व्यक्तिको प्रयोग गरेको आरोप लागेपछि शर्माले राजिनामा दिएका थिए । संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएपछि ऊनि फेरि अर्थमन्त्रीमा नियुक्त भएका हुन।