काठमाडौँ । निर्वाचन आयोगले बालेन शाह, रेनु दाहाल हर्क सम्पाङ लगायतका जनप्रतिनिधीलाई जरिवाना गरेको छ। निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार काठमाडौँ महानगरका मेयर शाह, भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई सहित १ लाख २३ हजार ६२४ उम्मेदवारलाई जरिवाना तोकेको हो । निर्धारित समयमै खर्च विवरण नबुझाएको वा ढिलो गरी खर्च विवरण बुझाएपछि निर्वाचन आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र रेनु दाहालले साढे ७ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।