१९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले सेतोपाटीलाई समाचार हटाउन निर्देशन दिएको छ । झापा क्षेत्र नम्बर १ का उम्मेदवार अग्नि खरेलकको छोराका बारेमा प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन सेतोपाटी डटकमलाई निर्देशनका साथै समाचारका विषयमा स्पष्टीकरण पनि सोधेको छ ।
अग्नि खरेलका छोरा अमेरिकी सेनामा भर्ती भएको र उनको नेपाली नागरिकता र मतदाता नामावलीमा नाम कायमै रहेकोसम्बन्धी समाचार सेतोपाटीले प्रकाशित गरेको थियो ।