चितवन। चितवन क्षेत्र न २ मा गठबन्धन तर्फको उम्मेदवार नेपाली काङ्रेसका उमेश श्रेष्ठ अहिले सबै भन्दा धेरै तनाबमा देखिन्छन। टुरिष्ट उम्मेदवारको आरोप लागेको उन्लाई जिल्लामा बलियो संगठन रहेको एमालेको उम्मेदवार कृष्ण भक्त पोख्रेल , पत्रकारिता छोडेर राजनीतिमा आएका रबी लामिछाने र राप्रपाको युवा नेता रविन अधिकारीसँग चुनाव लड्नु परेको छ।
चितवनको भुगोलको खासै ज्ञान नभएको श्रेष्ठलाई चितवनका स्थानिय नेतालाई बोकेर मतदाताको घरमा पुग्नु बाहेक अरु केही बिकल्प छैन। चरम गुटबन्दीको रहेको चितवन काङ्रेसको एउटा गुट लाई समातेका श्रेष्ठ आफ्नो क्षेत्रको सबै मतदाता सँग नजिकिन निकै संघर्श गरिरहेको देखिन्छ।
सिमित नेताको घेराबन्दीमा रहेका उमेश श्रेष्ठ आफ्नै फार्म हाउस रहेको वडा ४ को मतदाता सँग अझै प्रतक्ष्य पुग्न सकेका छैन। उन्लाई फार्म हाउसमै भेट्न खोज्ने मतदातालाई पनि उन्को जम्बो टोलीले अल्मल्याएर राख्ने गरेको गुनासो मतदाताले गर्न थालेका छन। स्थानिय चुनावमा राप्रपाले उन्को फार्म हाउस रहेको वडा नम्बर ४ म राम्रो मत लिएर आएको थियो । चितवनका युवा उध्यमी बिच राम्रो पकड बनाएका रविन अधिकारी राप्रपा बाट उम्मेदवार रहेका छन र उन्को घर पनि वडा नं ४.मै रहेको छ।
पछिल्लो समय चितवनको काङ्रेसी माझ खासै राम्रो छबी नबनाएका नेताहरुको साथ लिएका उमेश श्रेष्ठलाई जिल्लाका काङ्रेसी कार्यकर्ताको सम्पूर्ण साथ अझै पाउन सकेका छैनन। आफ्नो क्षेत्रको मतदाताको मन जित्न संघर्ष गरिरहेका उमेश श्रेष्ठलाई कार्तिक २७ गतेको घटनाले झन तनाब थपिदिएको छ।
उमेश श्रेष्ठ इक्षाकामना गाउपालिका बाट फर्किने क्र्ममा उन्को चुनावी र्यालीमा रहेका केही कार्यकर्ताले रबी लमीछाने सवार गाडी माथि तोडफोड गरेको थियो।