काठमाडौं, २८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गएको स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले ५ जना मान्छे मारेको आरोप लगाएका छन् । उनले छिमेकीको घरमा लास सुताएर सत्तारुढ गठबन्धनले अबिर जात्रा मनाएको कटाक्ष गरे ।
सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो कटाक्ष गरेका हुन् । सभामा अध्यक्ष ओलीले चितवन २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछाने र चितवन ३ का गठबन्धनका उम्मेदवार डा. भोजराज अधिकारीको आलोचना गरेका छन ।
ओलीले बाटो बिराएर ‘समाचार पढ्नुपर्ने’ र ’बिरामी जाँच्नुपर्ने’ मान्छेहरू उम्मेदवार बनेर आएको टिप्पणी गरे ।’
‘कोही बिमारी जाँच्नुपर्ने अस्पताल छोडेर यता आएकाछन् । कोही टिभीमा समाचार भन्नुपर्ने, त्यो छोडर यता आएका छन्’ उनले भने ।
अध्यक्ष ओलीले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले घण्टी बजाउँदा सत्ता गठबन्धन आत्तिएको टिप्पणी गरे ।
उनले भने, ‘ढ्याङ्ग्रो पनि बजाएको छैन । एउटा घण्टी बजाउन पनि नदिने ? अनि ढुंगा हान्न जाने ! दमाह, नसिंङ्गा बजाएको पनि होइन ।’ उनले चुनाव लड्न आउनेलाई दिनुपर्ने बताए ।
राणा शासन र राजतन्त्र जनताले फालेको उल्लेख गर्दै ओलीले गठबन्धनलाई आगामी निर्वाचनबाट जनताले फाल्ने बताए । गठबन्धन देशका लागि अभिसाप भएको उनको ठहर छ ।
उनले नेपाली काँग्रैसका बागी उम्मेदवार दिनेश कोइरालालाई राजनीतिक मान्छे भएको, भन्दै भोट मागेका छन् । यसैगरि एमालेका कृष्णभक्त पोखरेललाई क्षमतावान कानुनविद भएको र सुरेन्द्र पाण्डे पुरानो, भूमिगतकालदेखि संगठन गरेको मान्छे भएको भन्दै उनिहरुलाई जिताउन आग्रह सहित भोट मागेका छन् ।
सत्ता गठबन्धनले ५ जना मान्छे मारेको एमाले अध्यक्ष ओलीको आरोप
Related Posts
Add A Comment