गैंडाकोट, २८ कार्तिक । चुनाव बहिष्कार गर्ने अभियानमा हिडेका नेकपा मशालका केन्द्रीय प्रतिनिधि सहित नवलपुरको रजहरबाट १३ जना पक्राउ परेका छन् । ‘हामीलाई ईलाका प्रहरी कार्यालय रजहरले गिरफ्तार गर्यो’ मशालका केन्द्रीय प्रतिनिधि विमल शर्माले टेलीफोनबाट राज्य खवरलाई भने, ‘बहिष्कारको अभियानमा हिँडेका हामी १३ जनालाई पक्राउ गरेर ईप्रका रजहरमा राखेको छ ।’ चुनाव बहिस्कार अभियानमा नवलपुर जिल्लाका सेक्रेटरी रामप्रसाद सापकोटा सहित जिल्लाका अन्य ११ जना नेताहरु थिए । प्रहरीले उनिहरुको साथबाट माईक, टेम्पु ब्यानर, पार्टीको झण्डा र पर्चा पम्लेट समेत लगेको केन्द्रीय प्रतिनिधि शर्माले बताए । उनिहरुलाई सोमबार दिउँसो पौने १ बजे पक्राउ गरिएको थियो । पक्राउ परेपछि आफुहरुले एसपी र सिडियोसँग कुरा गरेको, तर यसबारे माथि जानकारी गराएकोले माथिबाटै आदेश आएपछि मात्र छोड्न मिल्ने जबाफ आएको शर्माले बताउनुभयो ।
मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मसालबाट असन्तुष्ट भएर हालै सन्तबहादुर नेपालीको नेतृत्वमा बनेको नेकपा मशालले आसन्न संसदिय निर्वाचन बहिस्कार गर्ने जनाएको छ ।
रजहरबाट चुनाव बहिस्कार अभियानमा हिँडेका १३ जना मशालका नेता/कार्यकर्ता पक्राउ
Related Posts
Add A Comment