गैँडाकोट, २८ कार्तिक । नवलपुर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार राजन गौतमले नवलपुरका मतदाताहरु काठमाण्डौँ र धरानका जस्तो बन्नु पर्ने बताउनुभएको छ । सोमबार गैँडाकोटको काँग्रेसचोकमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार गौतमले आफुलाई नवलपुरका जनताहरुले काठमाण्डौको बालेन शाह र धरानको हर्क साङ्पाङ जस्तो बन्न आग्रह गरेको बताउनुभयो । ‘मैले यस क्षेत्रका सुख, दुःख र पिर मर्कासँग परिचित छु, ईमान्दार पनि छु, नेता गौतमले बताउनुभयो, ‘म काठमाण्डौको बालेन र धरानको हर्क जस्तो नभई उदाहरणिय काम गरेर राजन गौतम बन्न चाहन्छु, त्यसका निम्ति तपाईहरुपनि काठमाण्डौँ र धरानका मतदाता जस्तो बन्नु पर्छ ।’
गौतमले आफु नवलपुरबासि भएकोले यहाँका जनताको समस्या बुझेको र आफ्नै ठाँउमा बसि यहाँको विकास गर्ने चाहना भएकाले आफुलाई एकपटक विश्वास गर्न आग्रह गर्नु भयो ।
कोणसभा पछि राष्ट्रिय स्वतन्त्र पार्टीले मोटरसाईकल र्याली पनि निकालेको थियो । काग्रेसचोकबाट निस्केको मोटरसाईकल र्याली भृकुटिचोक हुदै गैँडाकोट १ देखि ९सम्म परिक्रमा गरेको थियो ।
‘नवलपुरका मतदाता काठमाण्डौँ र धरानका जस्तो बन्नु पर्छ’ ; गौतम
Related Posts
Add A Comment