चितवन: चितवन-२ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका कृष्णभक्त पोखरेल २०७ मतसहित अग्रस्थानमा छन् । त्यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठ १२६ मतसहित पोखरेललाई पछ्याउँदैछन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा रवी लामिछाने भने ३२ मतसहित तेस्रो पोजिसनमा छन् ।