७ मंसिर, काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् ।
सीके राउत दोब्बर बढी मतान्तरले बिजयी भएका हुन ।
सीके राउत ३५ हजार ४२ मतसहित बिजयी हुँदा उपेन्द्र यादव १६ हजार ९६९ मतमा रोकिएका छन् ।