११, मंसिर, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगलागी भएको हो ।
आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डालगायतका केही सामग्रीमा क्षति पुगेको छ ।