१४ मंसिर, काठमाडौं । अर्जेन्टिना गर या मर को स्थितिमा रहेको छ। कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आज समुह चरणको अन्तिम खेलमा अर्जेन्टिना र पोल्याण्डले प्रतिस्पर्धा गर्ने छन् । मध्यराति पौने १ बजे सुरु हुने उक्त खेल अर्जेन्टिनाको लागि निकै नै महत्तोपूर्ण रहेको छ। समूह सीको मेक्सिको र साउदी अरेबियाबीचको खेल पनि मध्यराति पौने १ बजे सुरु हुनेछ ।
यो समूहका आजका खेल जित्ने २ टिम अन्तिम १६ मा पुग्ने छन् भने हार्ने टिम घर फर्किने छन । विश्वकपको दाबेदार अर्जेन्टिना नकआउट चरणमा पुग्न आज राति पौने १ बजे पोल्याण्ड विरुद्धको खेल जित्ने पर्ने दबाव छ ।
अर्जेन्टिना बराबरीमा रोकियो भने अर्जेन्टिनाको नकआउट चरण यही समयमा हुने मेक्सिको र साउदी अरेवियाबीचको खेलको नतिजामा भर पर्ने छ । साउदी अरेवियाले मेक्सिकोलाई जितेको खण्डमा मात्र अर्जेन्टिना अन्तिम १६ मा पुग्ने छ ।