काठमाडौं । सत्ता गठबन्धनकै सरकार गठनको गृहकार्य चलिरहेका बेला संवैधानिक पदको भागबन्डाको खेलो पनि सुरु भएको छ। यसै क्रममा सत्ता गठबन्धनको एक साझेदार नेकपा एस समाजवादीले राष्ट्रपति वा सभामुखमध्ये एक संवैधानिक पदमा दाबी गर्ने भएको छ ।
प्रधानमन्त्री पदमा कांग्रेस र माओवादी दुवैको दाबी रहने अवस्थामा राष्ट्रपति वा सभामुखमध्ये एक पदमा नेकपा एसको दाबी रहने नेकपा एस समाजवादीका एक नेताले जानकारी दिएका छन। राष्ट्रपति पदमा भने इलाम १ बाट पराजित भएका झलनाथ खनालले राष्ट्रपति पदका लागि लालसा देखाएका छन् । आफ्नो पराजय अझै सुइकार्न न सकेका खनालले बिगतमा पनि राष्ट्रपती पद प्रती इक्षा देखाएका थिए।