२० मंसिर, काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ। गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको लागेको हो । पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको छ ।
कपिलवस्तु प्रहरीले उजुरी लिन नमानेपछि पीडित महिला एक साताले राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी गरेकी थिइन् । आरोपको उजुरी परेपछि राष्ट्रिय मानव अधिकार आयोगले पनि छानबिन थालेको छ। आफूविरुद्ध उजुरी परेपछि न्यायाधीश अहिले बिदामा बसेका छन्।