सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो भने तीमध्ये सरकारले भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुल्ला गरेको थियो ।