भरतपुरस्थित चितवन गार्डेन रिसार्ट (सिजिआर) मा गत २३ गते बिहेभोज खाएका जन्ति र केटी पक्षमा १५० भन्दा धेरै बिरामी परेका छन। बिरामी भएकामध्ये केहि उपचारका लागि नेशनल सिटी अस्पतालमा भर्ना भएका छन्।
नवलपुर गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको विवाहमा सहभागी भएकाहरु अधिकांश बिरामी भएका छन।
भोज खाए पछि पखला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पताल भर्ना भएका छन ।