काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर र कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालले लामो समयदेखि अस्पतालको सम्पर्कमा नआएका डाक्टर, नर्स र अनमीको को नाममा सुचना जारी गरेको छ। लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै अस्पतालले न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स, कोभिड अस्पताल तर्फ दुई जना अनमी र चार जना स्टाफ नर्स गरी १२ जनालाई हाजिर हुन आउन भनेको छ। अस्पतालले नाममा सार्वजनिक सूचना जारी गर्दै ३० दिनभित्र हाजिर हुन आउन भनेको छ।
अस्पतालले तोकिएको अवधीमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन र प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्बन्धी) नियमावली, २०६५ को नियम १३३ को उपनियम (घ) बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
वीरका अनुसार लामो समयदेखि बेपत्ता कर्मचारीहरू निम्नानुसार छन्-
१. रजिष्ट्रार/ट्युटर डा. सृष्टी शाह
स्टाफ नर्स:
१. जमुना सिटौला
२. शान्ति लम्साल
३.ओमदेवी पुन
४. सुशीला ढकाल
५. सम्झना श्रेष्ठ
६. सकिला चौलागाईं
७. रेणुका अधिकारी
८. अन्जुकला राई
९. सरस्वती अर्याल
अनमी:
१. अनिता बसेल
२. साहिदा सुब्बा