चितवन, पुस १९–
वि.सं.२०५३ सालदेखि चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुँदै आइरहेको चितवन महोत्सवले यसपटकको १४औं सँस्करणमा तोरी र मौरीको प्रवद्र्धन गर्ने भएको छ । विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सव यसपाली चौधौँ संस्करणका रुपमा आयोजना गर्न लागिएको हो । महोत्सवमा प्रवेशका लागि सर्वसाधरणतर्फ रु.६० र विद्यार्थीतर्फ रु.३० को टिकट राखिएको छ । यसपटक टिकेट वालेट मार्फत पनि खरिद गर्न सकिने भएको छ ।
विसं २०७८ मा आयोजना गरिएको चितवन महोत्सव भने कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित भएको थियो । तीन दिन महोत्सव आयोजना गरेपछि स्थगित भएको थियो ।