भरतपुर । चितवन महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ई–टिकट खुला गरिएको छ । पुस २५ गतेबाट सुरू हुने चितवन महोत्सवमा लाइन बसेर टिकट लिनुपर्ने बाध्यता हटाउँदै घरबाटै टिकट लिन सकिने व्यवस्था मिलाइएको हो ।
कम्प्युटर एसोसिएसन नेपाल चितवनको प्राविधिक सहयोगमा गर्न लागिएको ई–टिकटिङको व्यवस्था देशभरका उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला–महोत्सवहरुमध्ये सम्भवतः यो नै पहिलोपटक हो ।