राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ।
आइतबार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
प्रचण्डले सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिएपछि गठबन्धनको तेस्रो ठूलो दल रास्वपा सरकारबाट बाहिरिएको हो।
रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ।*
रास्वपाले सरकार छोड्ने निर्णय गरेसँगै थप दुई मन्त्रालय खाली हुने भएका छन्।