२७ माघ, काठमाडौं । राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टरलाई लाठी हानेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदलाई सम्बोधन गर्न गएकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका अंकोसर्जन डा जनिथ सिंह घाइते भएका छन्। डा सिंह ट्रमाबाट बाहिर निस्किएर वीर अस्पताल आउने क्रममा प्रहरीले कुटेका थिए। उनको टाउकोमा चोट लागेको छ। हाल ट्रमा सेन्टरका चिकित्सकहरुले घटनाको विरोध गरेका छन्।