काठमाडौं- आइसीसी क्रिकेट लिग- २ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपाल विश्वकप छनोटमा पुगेको छ। नेपालले ३६ खेल खेलेर ४० अंक बनाउँदै ‘टप थ्री’बाट विश्वकप छनोटमा आफ्नो स्थान बनाएको हो। डिएल मेथडका आधारमा नेपाल ९ रनले विजयी घोषणा भएको हो ।
बिहीबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकिएको थियो ।