काठमाडौं– नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि माओवादी केन्द्रले एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भएको जानकारी दिए।