नेपाल कराते महासंघको सातौँ राष्ट्रिय महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम एकसाथ अगाडि बढाउनु पर्ने बताएकी छन् । रंगशाला बन्छ कि बन्दैन भन्ने विषय अहिले निकै आएको हुनाले आफुले रंगशाला बनाउनु पर्छ भन्ने पक्षमै रहेको र आफुले सक्दो पहल गरिरहेको जानकारी दिएकी छन् ।