शुक्रबार नेपाली आकाश ठूलो विमान दुर्घटना हुनबाट जोगिएको छ । नेपाल एयरलाइन्सको विमान र भारतीय एयरलाइन्स कम्पनी एयर इन्डियाको विमान नेपाली आकाशमा एउटै उचाइमा उडान भरेपछी ठोकिनबाट जोगिएका हुन् ।
शुक्रबार मलेसियाको क्वाललम्पुरबाट काठमाडौंतर्फ आइरहेको नेपाल एयरलाइन्सको विमान र सिमराको आकाशमाथि होल्ड गरिएको विमान मध्य भारतबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज १९ हजार फिट बाट एक्कासी १५ हजार फिटमा झरेको थियो ।
सो होल्डका क्रममा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको विमानसँग झन्डै ठोकिने अवस्था आएको थियो । दुई जहाज एकैठाउँमा होल्ड होल्ड गर्दा कम्तीमा हजार मिटर उचाइको दूरी हुनुपर्ने प्रावधान छ । उक्त प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको एअर ट्राफिक कन्ट्रोलमा कार्यरत तीन जनालाई प्राधिकरणले कारबाही गरेको छ।