सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले वैशाख १० को उपचुनावलाई ध्यान दिँदै चितवनमा बागी उठेका दिनेश कोइराला र जगन्नाथ पौडेलको कारवाही फुकुवा गरेको छ । प्रस्तावक, समर्थक बसेका नेताहरूको पनि कारबाही फुकुवा गर्ने निर्णय गरेको हो।
२०७९ को निर्वाचनभन्दा पहिले स्वतन्त्र उम्मेदवार भएका, पार्टीको अनुशासन उल्लंघन गरेका नेताहरूको हकमा त्यो पनि बारा, चितवन र तनहुँको हकमा पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।