काठमाडौं– नेपालमा बनेका सवारी साधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन्। नेपालमा निर्मित यात्री बाइकका निर्माताहरु बाइकको दर्ता प्रकृयामा आएको समस्याको कारणले बिदेश पलायन हुँदै भन्ने समाचार प्रकाशित भएको थियो। प्रधानमन्त्री प्रचण्डले “यात्री” लगायतका नेपालमै उत्पादित सवारी साधनले दर्ता भई काम गर्न नपाएको गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुंगोमा पुर्याउन मुख्यसचिवलाई निर्देशन दिएका हुन्।