काठमाडौं, वैशाख १२-
चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।
लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठ भन्दा ४३,०२५ मत धेरै पाएका छन। श्रेष्ठले ११ हजार २५१ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।