चितवन, चैत २७- वल्र्ड एयर पोलुसन रियल टायम एयर क्वालिटी इन्डेक्सका अनुसार भरतपुर महानगर वरिपरीको वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ । ल्र्ड एयर पोलुसन रियल टाइम क्वालिटी इन्डेक्सकाअनुसार भरतपुर महानगरपालिका ७ कृष्णपुरमा रहेको मापन केन्द्रले २७२ एक्युआई तथा मंगलपुर फूलबारीमा रहेको मापन केन्द्रले ३७३ एक्यूआई रहेको देखाएको छ । वातावरण विज्ञका अनुसार एक्युआई ०–५० लाई राम्रो, ५१–१०० मध्यम वा सामान्य प्रदूषण, १०१–१५० संबेदनशिल समूह (बच्चा, वृद्ध, बिरामी) का लागि अस्वस्थ, १५१–२०० सबै समूह वा जनसंख्याका लागि अस्वस्थ, २०१–३०० सबैकालागि धेरै अस्वस्थ, ३०१–४०० खतरायुक्त, तथा ४०१–५०० अति खतरायुक्त भनी वर्गीकरण गरिएको छ ।