जिल्ला प्रशासन कार्यालय चितवनले नारायणघाट-मुग्लिन सडकको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका ६५ जना यात्रुको विवरण सार्वजनिक गरेको छ।
दुवै बसमा गरी कुल ६५ जनामध्ये तीन जना दुर्घटनामा बच्न सफल भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।
हालसम्म १५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ। सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार मङ्गलबार बिहान ९ः३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ।
दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ।
दुवै बसमा सवार यात्रुको विवरण :



