३१ भदौ, काठमाडौं । संसदीय छानबिन समितिले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा रवि लामिछानको संलग्नता रहेको निष्कर्ष निकालेको छ । उक्त प्रतिवेदन सोमबार सदस्यले हस्ताक्षर गरेर संसद्लाई बुझाउने तयारी रहेको छ। सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई कारबाहीका लागि लेखिपठाउने समितिको निष्कर्ष छ । समितिका एक सदस्यका अनुसार सहकारीबाट पैसा निकाल्न भने रविको भूमिका नदेखिएको तर सहकारीबाट जीवी राईले गोर्खा मिडियामा ल्याएको पैसा खर्च गर्नमा भने उन्को संलग्न देखिएको छ । गोर्खा मिडियाम जीबी राई अध्यक्ष र रवि प्रवन्ध निर्देशक थिए ।