धादिङ, असोज १३-
धादिङ । धादिङ र काठमाडौंको सीमास्थित झ्याप्लेखोलाबाट निकालिएका शवको संख्या ३५ पुगेको छ। धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेको हो ।