१२ जेठ, काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
सरकारले निजगडमा विमानस्थल निर्माण गर्न गरेका सबै निर्णय अदलातले खारेज गरीदिएको छ ।न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत ,हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले उक्त निर्णय गरेको हो । निजगडमा रहेका करिब २४ लाख सालका रुख कटान गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।