काठमाडौं– चितवनको भरतपुर महानगरपापलिकाकी मेयर रेनु दाहाल स्टाफ कलेज अगाडि दुर्घटनामा परेर घाइते भएकी छन् । उनी चडेको गाडी पोलमा ठोक्किएर सामान्य घाइते भएकी छन् ।
उनलाई टाउकोमा सामन्य चोट लागेपछि नजिकैको सुमेरु अस्पतालमा लगिएको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको बताइएको छ ।