काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै प्रचण्डले ओली माओवादी केन्द्रको वैशाखी टेकेर प्रधानमन्त्री भएको टिप्पणी गरे।
शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै प्रचण्डले ओलीलाई एक्लै प्रधानमन्त्री भएर देखाउन ओलीलाई चुनौती दिएका हुन्।
प्रचण्डले भने, ‘तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन। पहिलोचोटि पनि तपाईंको भाषामा माओवादी केन्द्रको वैशाखी टेकेर हुनुभएको हो। दोस्रो पटक हाम्रो पनि भोट लिएर हुनुभएको हो, उनले भने, ‘अब भएर देखाउनुस् त। अबको चुनावबाट भएर देखाउनुस् तपाईंलाई मानिन्छ। तपाईं एमालेको प्रधानमन्त्री हुनुहोला।’