पोखरा – पोखरा महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापालाई हराउन भूमिका खेलेको भन्दै नेकपा एमाले कास्कीले आफ्ना तीन जना कार्यकर्तालाई निलम्बन गरको छ ।
नेकपा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत उक्त घटनामा संलग्न वडा नम्बर २१ का पार्टी संगठित सदस्य मनोज पहारी, पोखरा नम्बर ३३ का वडा कमिटीका उपाध्यक्ष महेश अर्याल र २३ कै पार्टी संगठित सदस्य प्रशान्त आचार्यलाई विधानको धारा ८१ अनुसार निलम्बित गरिएको जानकारी दिएका छन।