११ जेठ, काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार समाजवादीका धनराज आचार्यले ५८ हजार ८९३ मतसहित विजय हासिल गरे। गण्डकी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर पोखराको मेयर लड्न पुगेका उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५२८४८ मत पाए ।
उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भएकी छ्न्। उनले ६० हजार ५४६ मत पाइन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाइन्।