काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ। रुघा र ज्वरो समेत आएपछि मंगलबार पीसीआर परीक्षण गर्दा मुख्यमन्त्रीलाई कोरोना पुष्टि भएको हो। मुख्यमन्त्री पोखरेलले पोखरास्थित सरकारी निवासमै आराम गरिरहेका छन्। मुख्यमन्त्री पोखरेल आइतबारदेखि नै अस्वस्थ थिए।