६ साउन, काठमाडौं । सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतो विरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी प्रहरीमा परेको छ । दुई महिना अघि भएको घटनाको बिषयलाई लिएर उपमेयर महतो विरुद्ध उजुरी परेको हो । सुरुमा उजुरी लिन मानेको प्रहरीले अधिकारकर्मीहरुले दबाब दिएपछी उजुरी दर्ता गरेर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने बताए ।
उपमेयर महतोले कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।