चितवन, जेठ १०-
हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट भरतपुर महानगरपालिकामा ७७ जना जनप्रतिनिधि जितेर नेपाली कांग्रेस पहिलो ठूलो दल बनेको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालय भरतपुरबाट प्राप्त तथ्यांक अनुसार कांग्रेसले भरतपुर महानगरपालिकामा १६ वडा अध्यक्षसहित ७७ जना जनप्रतिनिधि जितेको छ । मेयरमा रेनु दाहाललाई समर्थन गरेको नेपाली काङ्रेसले उपमेयरमा बिजयी हासिल गरेको छ।