नवलपरासी — पल शाह(पूर्णविक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ । शाहलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय तोकिएको छ। । साथै पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । बलात्कार मुद्दामा भने उनले सफाइ पाएका छन् । तनहुँ जिल्ला अदालतमा भने मुद्दा विचाराधीन अवस्थामै रहेको छ ।