काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटील बन्दै गइरहेकाे छ । पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित दाहालको शरीरमा अक्सिजनको मात्रा घटेपछि उनलाई आईसीयूमा राखिएको छ ।
मधुमेह र उच्च रक्तचापबाट समेत पीडित दिता दाहाल गत शनिबारदेखि ललितपुरस्थित मेटिसिटी अस्पतालमा भर्ना गरिएको उनकाे पारिवारिक स्राेतले जनाएकाे छ ।