काठमाडौं– मंगलबार रातिदेखि बुधबार बिहानसम्म गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा पूर्वीचौधी–३ ठाडागाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी छोरी १२ वर्षीया छोरी तुलसी बोहरा र प्रेमकै घरमा सुतिरहेकी स्थानीय स्थानीय रामवीर बोहराकी १७ वर्षीय छोरी धनसरी बोहरा छन्, ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहरा छन।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ७ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ५.७ रेक्टरस्केल, राति ९ बजेर ५६ मिनेट जाँदा ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो।
साथै बुधबार बिहान २ बजेर १२ मिनेट जाँदा ६.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।